घट्यो सुनको मुल्य
सुनको मूल्यमा आज बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ८१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको हो ।
यस्तै, बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८ सय रुपैयाँले घटेर ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।