पत्रकारलाई दुर्व्यवहार गर्नेले माफी मागे
हुप्सेकाट गाउँपालिकामा भएको पत्रकारमाथीको अभद्र ब्यवहारमा संलग्न गाउँपालिका अध्यक्षका स्वकीय सचिव सहित अर्का एक जनाले माफी मागेका छन् ।
हिजो बाेडकास्टिङ एशाेसेशन अफ गण्डकी प्रदेशका स सयाेजक एवम बाेडकाष्ट एशाेसेशनका संयाेजक सागर पोख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय नवलपुरमा घटनाका वारेमा गम्भीर भैदिन आग्रह गरेपश्चात आज जिल्ला प्रहरी कार्यालय नवलपुरमा उनीहरुलाई अव आईन्दा अभद्र ब्यवहार नगर्ने शर्तमा समझदारी भएको जनाईएको छ ।

गत मङ्गलबार पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई गाउँपालिकामा दुव्र्यवहार भएको थियो । नवलपुरको हुप्सेकोट गाउँपालिका उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा गएका पत्रकार माथि ले गाउँपालिकाको स्टार टेलिभिजनका स्टेसन मेनेजर अर्जुन सापकाेटा लगायतका पत्रकार माथि अध्यक्षका स्वकीय सचिव रसिक लामिछाने र काङ्ग्रेस कार्यकर्ता प्रमोद ढुङ्गानाले पत्रकारलाई दुव्र्यहार गरेका थिए । पत्रकारले सार्वजनिक स्थलमा भएको दृश्यलाई आफ्नो मोवाईलबाट कैद गरेका थिए । सोही क्रममा सापकोटाको मोवाईल खोसी अध्यक्ष्य लक्ष्मी पाण्डेका छोरा रहेका स्वकीय सचिव रसिक लामिछानेले मोवाईलका सबै सामागी्र नष्ट गरेका थिए । नेपाल पत्रकार महासघले पत्रकार माथ भएकाे दुर्व्यावहार हुदा समेत नेपाल पत्रकार महासघ मुख दर्शक भएर बसेकाे भन्दै अालाेचना भएपछि नवलपुरका मिडिया हाउसकाे सक्ीयतामा दुव्यावहार गर्नेलाई जिल्ला प्रहरि कार्यालयमा उपस्थित गराई माफि मगाईएकाे थियाे ।