नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै


  • सविता थापा –

 



नवलपुरमा आजबाट दादुरा रूवेला खाेप लगाईदै छ ।

पूर्वी नवलपरासीमा करिब २९ हजार बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कार्यालय प्रमुख केशवप्रसाद चापागाईले नवलपुरमा २८ हजार ८ सय ४१ जना बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने बताए ।
नवलपुर जिल्लामा चैत्र ३ गतेदेखि ३० गतेसम्म ६ महिनादेखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा र रुवेलाको खोप लगाइने भनेकाेे हाे ।
पछिल्लो समय नेपालमा दादुरा रुवेलाको विरामी बढ्दो क्रममा देखा पर्न थालेपछि यो अभियानलाई निक्कै गम्भीरताका साथ लिइएको छ।
सन् २०१९ को तथ्यांक अनुसार नेपालमा ३ सय ६६ जनामा दादुरा र २९ जनामा रुवेला देखा परेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईले बताए । चापागाईका अनुसार नवलपुरमा हरेक बर्ष १० जनासम्ममा दादुरा रुवेला रोग देखा पर्ने गरेको तथ्यांकले देखाएको छ ।
सन् २०१८ देखि नेपालमा दादुरा रुवेलाको विरामी बढ्न थालेको समेत उनले बताए ।
सरकारले सन् २०२३ सम्मा दादुरा रुवेला उन्मुलन गर्ने लक्ष्यका साथ अभियान थालेको छ । नेपालमा हरेक बर्ष ६ लाख ५० हजार नयाँ बालबालिकाको जन्म हुने गरेको तथ्यांक रहेकोमा यस बर्षको अभियानमा कम्तिमा त्यसको ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने लक्ष्य सरकारले लिएको छ ।
नवलपुर ८ वटा स्थानीय तहका ९२ वटा वडामा रहेका ३ सय ७९ वटा खोप केन्द्रमा दादुरा रुवेलाको खोप लगाइने छ ।




कहाँ कहिले खोप लगाइने सूची सहित  



सम्बन्धित
Loading...