प्रतापपुरले सुरु गर्यो हेल्थ डेक्स संचालन


श्याम थापा –





नवलपरासी ३ चैत ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल भारत सिमा अन्तर्गत प्रतापपुरको मुख्य नाका झुल्नीपुरमा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको छ ।
विभिन्न मुलुक लगायत छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरस देखा परेर नेपाली जनतालाई सचेत गराउने उद्वेश्यले प्रतापपुर गाउँपालिकाको मुख्य नाका झुल्नीपुरमा स्वास्थ्य चौकीका दुई कर्मचारीलाई खटाएर हेल्थ डेक्स अर्थात स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताए ।
करिब एक महिना सम्म संचालन हुने हेल्थ डेक्स अर्थात स्वास्थ्य सहायता कक्षलाई गाउँपालिका अध्यक्ष शर्माले एक नागरिकलाई चेक गरि एक कार्यक्रम गरि उद्वघाटन गरेका छन् ।
सो कक्ष उद्वघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डे,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झुल्नीपुरका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी,प्रतापपुर गाउँपालिका वार्ड न ६ का वडा अध्यक्ष रामहरि उपाध्याय र प्रतापपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहा लगायतका बक्ताहरुले कोरोना भाइरस कोविद १९ बाट सचेत रहन र सरसफाइ प्रती ध्यान दिनुपर्ने बक्ताहरुको जोड रहेको थियो ।


सम्बन्धित
Loading...