पश्चिम नवलपरासीमा एसईईको तयारी पुरा, सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने


  • गोपी ज्ञवाली –


फाइल फोटो

नवलपरासी । चैत ६ गतेदेखि शुरु हुन गईरहेको एसईई परीक्षाको लागि पश्चिम नवलपरासीमा तयारी पुरा भएको छ ।
पश्चिम नवलपरासीमा जम्मा २२ परिक्षा केन्द्रहरु तय गरिएको छ जसमा नियमिततर्फ ६ हजार ५१ एवं गे्रटबृद्धि तर्फ १ सय ६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वयन ईकाई नवलपरासीका प्रमुख डोलराज पाण्डेले बताए ।
परीक्षामा सहभागीहरु मध्य ३ हजार ३४ छात्र एवं ३ हजार ४ जना छात्रा परिक्षार्थीहरु एसईईमा सहभागी हुदै छन् । जिल्लाका ५८ वटा निजी विद्यार्थी एवं ५५ सामुदायिक विद्यालयको बालबालिकाहरु परीक्षामा सहभागी हुने जनाइएको छ ।
स्थानीय सरकारको समन्वयनमा जिल्लाका सबै परीक्षा केन्द्रहरुमा परीक्षा समय भरी हेल्थ डेस्क स्थापना गरिने तयारी रहेको छ ।



सम्बन्धित
Loading...