घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडाैं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबारको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
उनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा दुई रुपैयाँका दरले मूल्य घटाइएको हो। घटाइएको मूल्य गएरातिबाट लागू भएको छ।।
हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा प्रतिलिटर चार रुपैयाँका दरले घटाइएको गोइतले जानकारी दिए। अन्तराष्ट्रिय हवाई इन्धनको मूलय र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।