नवलपुरमा लागुऔषध सहित चार जना पक्राउ


– शोभा जिसी –




कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागु औषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कावासोती ३ थकाली चोकबाट सवारी चेकजाँचको क्रममा चार जनालाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।
ना ७ ख ११३ नम्बरको बसमा रहेको यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा स्याङजाका ३० बर्षीय सुरेन्द्र गौतम, लम्जुङ बेसीसहर बस्ने ८ बर्षका २३ बर्षीय सुरेश कसाई, चितवनको भरतपुर नगरपालिका २८ बस्ने २९ बर्षीय मुन्ना महतो, ३७ बर्षीय खेमकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले फेनारागन ८३ एम्पुल, डाइजेपाम ८३ एम्पुल, एक थान प्रयोग भएको सिरिन्ज लगायतका लागु औषध नियन्त्रणमा लिएको जनाएको छ ।



सम्बन्धित
Loading...