कावासोतीमा एक जना मृत फेला
- पार्वती पाण्डे –

कावासोती । पूर्वी नवलपरासीको कावासोती १३ गैरीमा एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
गैरीमा रहेको पर्शुराम भुसालको निर्माणधिन घरको तल्लो फ्लाइटमा बस्ने भारत घर बताउने अन्दाजी ४५ बर्षीय मनोज चौधरी नाम बताउने व्यक्ति मृत अवस्था मेला परेको नवलपुुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही घरको बरण्डामा मृत अवस्थामा भेटिएका चौधरीको शव पोष्टमाटर्मका लागि जिल्ला अस्पताल चितवन पठाइएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेशबहादुर नरालले बताए ।