१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
केही दिनदेखि घट्दै आएको सुनको मूल्य आज (बुधबार) बढेको छ । मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तोलाको ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पनि १ हजार रुपैयाँले बढेर ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७ सय १० रुपैयाँ कायम गरिएको छ ।