कोरनाको त्रास सेन्ट जोसेफ स्कुलद्धारा विद्यालयमा नै स्वास्थ्य परीक्षण
बिश्वभरी महामारी खतरनाक रुप लिएको कोरना भाईरस कोभिड (१९)का कारण नेपाल सरकारद्धारा सबै शौक्षिक संस्थालाई कार्यक्रमहरु स्थगित गरी चैत्र ५ गते भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिई रहदा पुर्वी नवलपुरको कावासोती नगरपालिकामा रहेको कावासोती सेन्ट जोसेफ स्कुलले भने आफ्ना विद्यार्थीको स्वास्थ्यलार्इ मध्यनजर गर्दे विद्यार्थीको मनोवल बढाउनका निम्ति जिल्लामा नै पहिलो पटक शौक्षिक संस्थाद्यारा लेजर थर्मो मिटर खरीद गरी विद्यालय परीसरमा नै बिद्यार्थीहरुको तापक्रम मापन गरेको छ ।
विद्यालयले कोरना सम्वन्धि सचेतना स्वरुप मास्कको प्रयोग र विद्यालय प्रवेश गर्दा शौचालय गए पश्चात तथा खाना, खाजा खानु अगी हात धुन अनिवार्य गराएको छ ।
विद्यालयका प्रिन्सीपल कमल चापागाईले विद्यालय पढ्न आएका एक बिद्यार्थीमा रोगको सक्रमण देखीए अन्य विद्यार्थीहरुमा त्यसको प्रभाव नपरोस भन्ने उदेश्यका साथ विद्यालयले नै लेजर थर्मो मिटर खरीद गरी आफ्ना वालबालिकाको स्वास्थ्य परीक्षण गराइएको बताउनु भयो । साथै विद्यार्थीहरुमा कोरना भाईरसले मनोबैज्ञानीक असर नगरोस भन्ने उदेश्यका साथ विद्यालयले मेजर थर्मो मिटरबाट शारीरिक तापक्रम मापन, मास्को प्रयोग र हातधुने बानी पनि बसालेको उहाम् बताउनु भयो ।