कोरोनाबारे पत्रकारहलई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सविता थापा –

कावासोती । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस( केभिड १९)का बारेमा आज नवलपुरको कावासोतीमा पत्रकारहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सायरा मिडियाएण्ड इभेण्ट्स प्रालिको आयोजनामा संचालित सो कार्यक्रममा पुष्पाञ्जली अस्पतालका प्रवन्ध निर्देशक डा भोजराज अधिकारीले पत्रकारहरुलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा डा अधिकारीले कोरोना भाईरसको उत्पती , यसले पु¥याएको असर ,यसका लक्षणहरु , यसले पार्नसक्ने जोखीम , यसबाट बच्न सक्ने उपायहरुका बारेमा पत्रकारहरुलाइ जानकारी दिनुभएको थियो । उहाँले कारोनाबारेका यथार्थ र भ्रमका बिषयमा समेत पत्रकारहरुलाई प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले ससमायिक बिषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले राखिएको कार्यक्रममको प्रशंशा गर्नुभएको थियो । उहाँले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरुले यथार्थ कुराका बारेमा सुचना प्रवाह गर्न अझै सहज हुने उहाँको भनाई थियो । सो अबसरमा बोल्दै सिदार्थ आवासीय माध्यमिक बिद्यालयका प्राचार्य भोजराज दाहालले बर्तमान समयमा अती आबश्यक बिषयमा कार्यक्रम राखेको भन्दै यस प्रकारको कार्यक्रमले पत्रकारहरुलाइ रिपोटिगंमा अझै सहज हुने बिश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिदार्थ आवासीय माध्यमिक बिद्यालयको तर्फबाट एक एक थान मास्क समेत पत्रकारहरुलाई उपलब्ध गराईएको थियो । सोहि अबसरमा बिद्यालयले सहयोग गरेको एसईई दिने बिद्यार्थीहरुका लागि मास्क पनि रोटरी क्लव अफ कावासोती मार्फत् बिद्यालयहरुलाइ हस्तान्तरण गरिएको थियो ।
कोरोनाका बारेमा पत्रकार आफै अन्योलमा हुँदा सुचना सम्प्रेष्णमा असर परेको कुरालाइ मध्यनजर गर्दे कार्यक्रमको आयोजना गरिएको सायरा मिडिया एण्ड इभेण्ट्स प्रा.लिका अध्यक्ष एवम् प्रवन्ध निर्देशक रमेश बस्ताकोटीेले जानकारी दिनुभयो । कार्यक्रम साएरा मिडिया एण्ड ईभेण्ट्स प्रा.लीद्धारा संचालित सत्यकलम डटकम डिजिटल पत्रिकाका सम्पादक सालिकराम कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।