विद्यार्थीलाई ठगी गर्ने गैडाकोटको हिमालयन टेक्निकल इन्स्टीचयुटका सञ्चालक पक्राउ
शोभा जिसी –
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ मा सञ्चालित हिमालयन टेक्निकल इन्स्टीच्युटका सञ्चाक ४८ बर्षीय शिवजंग श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले प्राइभेट एसईई पास गराइदिन्छु भनी विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा गरी ४ लाख ९३ हजार ८ सय ७५ रुपैया ठगि गरेको भन्दै गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले ९ जना विद्यार्थीहरुलाई ठगि गरेको र शुल्क समेत फिर्ता नगरेकोले पीडित विद्यार्थीहरुको उजुरीको आधारमा पक्राउ गरी ठगी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।