भेडाबारीमा कोरोना भाइरस सम्बन्धि सचेतना कार्यक्रम




पितौजीघाट स्वास्थ्य चौकी भेडाबारीमा बिहिबार कोरोना (कोभिड १९) रोग सम्बन्धी एक दिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

श्रेष्ठ सिमेन्ट सामाग्री एण्ड ब्लक उद्योगको आयोजनामा सो कार्यक्रम गरिएको हो । कम्पनीमा कार्यरत कर्मचारीहरुलाई कोरोना (कोभिड १९) सम्बन्धी सचेतना प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको श्रेष्ठ सिमेन्ट सामाग्री एण्ड ब्लक उद्योगका प्रोप्राईटर बसन्त श्रेष्ठले बताउनु भयो । कार्यक्रम गैंडाकोट ११ का वडाध्यक्ष गोबिन्द प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो ।




कार्यक्रममा कोरोनाबाट कसरी सतर्क रहने र यसका लक्षणहरु के के हुनसक्छन् भन्ने विषयमा सि एम सी का दन्त चिकित्सक पुजा श्रेष्ठ र पितौजीघाट स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीले सहभागीहरुलाई सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा बिशेष गरि साबुन पानीले हात धुने तरिका, सेनिटायजरको प्रयोग बिधि र कोरोनाबाट बच्न गर्नुपर्ने उपायहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रमका सहभागहिरुलाई साबुन समेत बितरण गरिएकोे थियो ।

सचेतना कार्यक्रममा नवलपुर उद्योग संघ, नवलपुरका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठ, एडमिन रोशनी ओझा, स्वास्थ चैकिका सूचना अधिकारी माधव आचार्य, मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक असिफ गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो । पितौजीघाट स्वास्थ्य चौकीले पछिल्लो समयमा कोरोना संक्रमित बिरामीका लागि ३ शैयाको आईसोलेसन कक्ष समेत ब्यवस्था गरेको छ । स्वास्थ चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सेनिटयजरको प्रयोग गरि सेवा समेत प्रदान गरिरहेको छ ।



सम्बन्धित
Loading...