जरिवाना तथा अतिरिक्त शुल्कहरु छुटको व्यवस्था गर्न माग


कावासोती । कोरोना भाईरस (कोभिड – १९) को माहामारीले नेपालको अर्थतन्त्रमा पनि असर परेको भन्दै बैंक ब्याज, किस्ता, कर, अन्य महशुलमा जरिवाना र अतिरिक्त शुल्कहरु छुटको व्यवस्था गर्न नवलपुर उद्योग संघले माग गरेको छ ।
नवलपुर उद्योग संघद्वारा जारी विज्ञप्तिमा – ‘कोभिड–१९ को प्रभावले उद्योगीहरुमा आर्थिक असहजता भएकोले यस विसम परिस्थितिमा उद्योगी व्यवसायीले तिर्नुपर्ने बैंक व्याज किस्ता, कर, अन्य महशुलमा जरिवाना तथा अतिरिक्त शुल्कहरु छुटको व्यवश्था गरिदिनुहुन सरकारसंग माग गर्दछ ।’ भनिएको छ ।
महासचिव केवि रानाद्वारा जारी विज्ञप्तिमा संकटको समयमा एक अर्कालाई सहयोग गर्नुको सट्टा बजारमा कृतिम अभाव सिर्जना नगर्न पनि सबैमा अपिल गरेको छ ।





सम्बन्धित
Loading...