नवलपुरको त्रिवेणीमा रहेको नेपाल भारत सीमा नाकामा कडाई, अत्यावश्यक काममा मात्र आवत जावत गर्न पाइने


रामकुमार श्रेष्ठ –



नवलपरासी ८ चैत्र । कोरोनाको सन्त्रास बढ्दै गएपछि गण्डकी प्रदेशको भारतसँग नाका जोडिएको एक मात्र नाका त्रिवेणी नाकामा आवतजावत कडाई गरिएको छ ।




केही दिन अघि खुकुलो रहेको नाका शनिबारबाट कडाई गरिएको छ । स्थानीय बासिन्दा प्रेमचन्द्र रौनियारका अनुसार त्रिवेणी नाकाबाट भारतमा रहेको नेपालीहरु नेपाल भित्रिनेको चाप धेरै नरहेको र नेपालीहरु भारत जान परे अत्यावश्यक काम परेकालाई मात्र जान दिने गरिएको छ ।

त्रिवेणीमा भारतबाट आउनेका लागि चेक जाँच गर्न सहायता कक्ष समेत स्थापना गरिएको छ । यस विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चेकजाँच गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालय, पब्लिक हेल्थ नर्स भूमिका निरौलाले बताइन् ।

उनका अनुसार अहिले कर्मचारी थप गरेर यहाँ नियमित चेकजाँच बढाइएको बताइन् ।



सम्बन्धित
Loading...