अण्डरग्राउण्ड बनाई वेश्यावृत्ति धन्दा प्रकरण : दम्पतीलाई दस वर्ष कैद, होटल जफत


भरतपुर । होटलमा यौनधन्दा सञ्चालन गरी वेश्यावृत्ति गरेको आरोपमा पक्राउ परी मुद्दा चलाइएका तीन आरोपितलाई चितवन अदालतको चैत ७ गतेको फैसलाले कैद सजाय सुनाएको छ ।



न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासबाट भएको फैसलाअनुसार भरतपुर २९ जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक श्रीमान श्रीमती र अर्की एक युवतीलाई कैद सजाय हुने फैसला भएको छ । होटलमा अण्डरग्राउ्रण्ड नै बनाएर वेश्यावृत्ति सञ्चालन भएको थियो ।

भरतपुर महानगर २९ जुगेडी बस्ने वर्ष ५० को जंगबहादुर क्षेत्रीलाई १० वर्ष कैद र एक लाख जरिवाना, उनकी श्रीमती ३९ की निर्मला थापा क्षेत्रीलाई १० वर्ष कैद र एक लाख जरिवाना, जिल्ला सुनसरी धरान उपमहानगर ८ लेटाङ बस्ने वर्ष २४ की रोशिका राईलाई ११ वर्ष कैद र एक लाख जरिवाना फैसला भएको चितवन अदालतका सूचना अधिकारी श्रेस्तेदार रूद्रमणि गिरीले बताए । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ को दफा ११८ को २ अनुसार होटलसमेत जफत हुने भनी फैसला भएको छ ।



सम्बन्धित
Loading...