भरतपुरले कोरोना परीक्षणका लागि ८ जनाको नमूना काठमाडौं पठायो
चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको आशंकामा चितवनबाट ८ जनाको स्वाब (घाँटीको र्याल) परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । उनीहरुको रिपोर्ट भोली (सोमबार) बेलुकासम्म आउने भरतपुर अस्पतालले जनाएको छ । नमूना परीक्षण गरिएको मध्यमा एक जना बिरामी कोरोना विशेष अस्पतालका रहेका छन् ।
चितवनमा आइतबारसम्ममा कोभिड–१९ को संक्रमणको आशंकामा ८ जना आइसोलेसनमा राखिएको छ । ६ जना भरतपुर अस्पतालमा र दुई जना घरमै सेल्फ क्वारेनटाइनमा बसेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यसअघि भरतपुर अस्पतालबाट कोरोना परीक्षण गरिएको चार जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।