नवलपुरमा छाेटाे दूरीका यातायात सेवा सञ्चालनमा


शाेभा जिसी – 



कावासाेती । सरकारले आजदेखि लामाे दुरी सवारी साधन सञ्चालनमा राेक लगाए पनि नवलपुरमा छाेटाे दुरीका सवारी साधन सञ्चालनमा रहेकाे छ ।
नारायणगढ- कावासाेतीका छाेटाेदुरीका सवारी साधन र निजी सवारी साधन सञ्चालनमा रहेका छन् ।

लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । तथापि छिटपुट मात्रमा काठमाण्डाैबाट हिडेका लामाे दुरीका सवारी साधन पनि सञ्चालन भएकाे छ ।
कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।
नवलपुरकाे कावासाेती, डण्डा, चाेरमारा, अरूणखाेला, गैडाकाेट, रजहर, प्रगतिनगर, दलदले लगायतका बजार सुनसान देखिएकाे छ ।
पसलहरू निकै खुलेकाे छ भने बजारमा सर्वसाधारणकाे चाप पनि घटेकाे छ ।



सम्बन्धित
Loading...