राशिफल २०७५ मङ्सिर १९ गते


तपाईलाइ स्वागत छ



ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी



मो.९८५५०४६६५८
२०७५ मङ्सिर १९ गते
मेष
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
वृष
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
मिथुन
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
सिंह
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ।
कन्या
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुनेछ।
तुला
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ।
वृश्चिक
स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
धनु
लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला।
मकर
स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ।
कुम्भ
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
मीन
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।


सम्बन्धित
Loading...