परासीको आदर्श माविमा कवारेन्टाईन निर्माण गरिने
पश्चिम नवलपरासीको परासी आदर्श माविमा कवारेन्टाईन निर्माण गरिने भएको छ । जसका लागी काम सुरु भईसकेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक शिव शंखर रायले जानकारी दिनुभयो ।
आइतबार सरसफाईको काम गरिएको र सोमबार रंगरोगन गरेपछि बेड राखिने छ । १० वटा कक्षा कोठा प्रयोग गरी प्रत्येक कोठामा ५ ओटा बेड राखिने भएको छ । जसका लागी रामग्राम नगरपालीकाले बेड उपलब्ध गराउने भएको छ । २५ वटा मेडिकल बेड रामग्राम नगरपालीकाले उपलब्ध गराउने छ जसका लागी सोमबार निर्णय गरेर खरिद प्रक्रिया सुरु गरिने मेयर नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो । ‘‘प्रति बेडको मुल्य २८ हजार जति लाग्ने बुझेका छौ, दुई तिन दिन भित्रै खरिद गरि क्वारेन्टाईनका लागी उपलब्ध गराउछौ मेयर गुप्ताले भन्नुभयो ।’’
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले क्वारेन्टाईन स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिनुभयो । जिल्लाका सातओटै स्थानीय तहले क्वारेन्टाईन स्थापना गर्नुपर्ने बताउँदै स्थानिय तह प्रमुखसँग कुरा भईरहेको उहाँको भनाई छ ।
बर्दघाट नगरपालीकाका नगर प्रमुख धिरज शर्मा बस्यालले क्वारेन्टाईन स्थापनाको तयारीमा नगरपालीका रहेकोले त्यसै विषयमा छलफल भईरहेको बताउनुभयो । सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले क्वारेन्टाईन निर्माण गर्न छलफल भईरहेको बताउदै चिकित्सक नुहँदा समस्या भएको बताउनुभयो । प्रशासन र चिकित्सकसँग थप छलफल गरि यसबारे निर्णय लिईने मेयर थापाको भनाई छ । यस्तै पाल्हीनन्दन, सुस्ता, सरावल, प्रतापपुर लागएतका स्थानीय तहले पनि क्वारेन्टाईन स्थापना गर्न पहल थालेको बताईएको छ ।