नवलपरासीको दुवैतर्फ भारतसँग सिमा जोडिएको नाका शिल

नवलपरासी, १० चैत्र । पश्चिम नवलपरासीको भारतसँग सिमा नाका जोडिएको सिमाहरु सिल गरिएको छ । यहाँ रहेको महेषपुर, झोलनीपुर लगायतका नाकाहरु बन्द गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
सिमा क्षेत्रमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको छ । दाहालका अनुसार चैत्र १७ गतेसम्मका लागि सिमा नाका सिल गरिएको हो ।
कोरोनाको सन्त्रास बढेपछि सरकारले भारतसँग सिमा जोडिएको सबै नाका सोमबारबाट बन्द गरेको हो ।
त्यसैगरी कोरोना भाइरस विरुद्ध पूर्ण सतर्कता अपनाउन पूर्वी नवलपरासीको त्रिवेणी नाका सोमबार १० बजेबाट पूर्ण रुपमा बन्द गरिएको छ । यहाँ आवतजावत गर्न पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे बताए ।
आज १० बजेतिर चैत्र १६ गते राति १२ बजेसम्म पुरै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । यो नाका गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका हो ।
यस अघि यहाँ भारतबाट आएको नागरिकहरुलाई चेकजाँच गर्न सहायता कक्षा स्थापना गरिएको भए पनि खासै प्रभावकारी हुन सकेको थिएन । यहाँ भारतबाट नेपाल आउने नेपालीहरु खासै आवतजावत नगर्ने नाका भएको कारण सिमा कुनै पनि नेपाली अलपत्र अवस्थामा नरहेको बताइएको छ ।