लकडाउन उल्लंघन गरेर मोटरसाइकल चलाउने २ जना समातिए
बुटवल, ११ चैत । सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिड्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।