कावासोती ४ कुमारी निजी शैक्षिक गुठीमा तयार भयो ५ शैयाको क्वारेन्टाइन होम


शोभा जिसी –




कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ५ बेडको क्वारेन्टाइन होम तयार भएको छ ।
स्थानीय तहलाई आएको निर्देशन अनुसार कावासोती नगरपालिकाको निर्देशनमा कावासोती ४ को वडा कार्यालयसँगको सहकार्यमा कावासोती ४ हसौरामा रहेको कुमारी निजी शैक्षिक गुठीमा ५ बेडको क्वारेन्टाइन होम तयार भएको हो ।
कुमारी निजी शैक्षिक गुठीका प्रमुख दिपक श्रेष्ठले वडा कार्यालयको आग्रहमा कावासोती ४ मा रहेको स्थानीय संघसंस्थाहरुको समन्वयमा ५ वेडको क्वारेन्टाइन होम तयार भएको बताए ।
क्वारेन्टाइन होममा संका लागेका वा विदेशबाट आएकाहरुलाई १४ दिनसम्म राखेर कुनै लक्षण नदेखिएर घर पठाइने गरिन्छ ।




यस अघि कावासोती ३ मा रहेको कुमारी निजी शैक्षिक गुठीकै प्रस्तावित कुमारी अस्पतालमा २० शैयाको क्वारेन्टाइन होम निर्माण भएको थियो ।
कावासोतीमा २ हजार बेडको क्वारेन्टाइन होम बनाउने कावासोती नगरपालिकाको तयारी भए पनि अहिलेसम्म यही २ वटामा मात्र क्वारेन्टाइन होम बनेको छ ।



सम्बन्धित
Loading...