नवलपरासीको दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी (चोरमारा) । पूर्वी नवलपरासीको चोरमारामा गत विहीबार भएको दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको निधन भएको छ ।
दुर्घटनामा परी घाइते हुप्सेकोट गाउँपालिका ६ निवासी २२ बर्षीय तिलबहादुर सोमैको निधन भएको इलाका प्रहरी कार्यालय तम्सरियाका इनचार्ज प्रेम विष्टले बताए ।
ना ४ ख २३५० नम्बरको ट्रकले मध्यविन्दु ७ चोरमारामा लु १९ प ५७१० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएको थिए । घाइते मध्ये तिलबहादुर सोमैको बुधबार दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो ।
सोही दुर्घटनामा परी घाइते २६ बर्षीय होमबहादुर सोमैको अवस्था सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।