यी हुन् कोरानाबाट धेरैले ज्यान गुमाउने १० देश


१३ चैत, काठमाडौं । नोवेल कोरोना (कोभिड-१९) भाइरसबाट २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृत्यु भएको छ ।



१९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा एक हजार ३२ र फ्रान्समा एक हजार ३३२ जनको मृत्यु भइसकेको छ ।

कोरानाले बेलायतमा ४६५, नेदरल्याण्डस्मा ३५६, जर्मनी २०६ र वेल्जियम १७८ जनाको ज्यान लिइसकेको छ ।




दक्षिण एसियामा कोभिड-१९ बाट २७ जनाको ज्यान गइसकेको छ । भारतमा १३, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।

गत डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाबाट ४ लाख ७१ हजार मध्ये एक लाख १४ हजार जना निको भइसकेका छन् ।



सम्बन्धित
Loading...