सुनवल नगरपालिकामा अव सवै पसल बन्द
परासी । सुनवल नगरपालिकाले सुचना जारी गर्दै लकडाउन अवधीभर कुनैपनि पसल ब्याबसाय संचालन गर्न नपाईने बताएको छ । अत्यावसेक बस्तुको खरिद गर्ने बहानामा पसल खोल्दा झनै भिडभाड हुने र कोरोना संक्रमण्को जोखिम झनै बढ्ने भएकोले आज एक सुचना जारी गर्दै पसल ब्यबसाय संचालनमा रोक लगाएको हो ।
वेलुकी ४ बजे देखि ६ बजे सम्म खुल्दै आएका पसलहरु आजै देखि लागु हुनेगरी अर्को सुचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने बताईएको छ । स्थानिय विपद ब्यबसथापन समितिको बैठक बसी उक्त निर्णय गरिएको नगरपालिका द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
यस अघि सुनवल नगरपालिकाले लकडाउन सुरु भएसंगै सुचना जारी गरेर आत्यावसेक बस्तु खाध्यान्न, ग्याँस तेल तरकारी र फलफुल पसल हरेक दिन वेलुकी ४ बजे देखि ६ बजे सम्म दुई घण्टाका लागि खोल्ने गरिएको थियो ।
