युवा पिढी सचेत हनु जरुरी

दिपराज भट्ट –
देश बिकासमा युवाकाे ठुलाे भुमिका रहन्छ , अहिले काेराेना माहामरि िवश्वबयापि रुपपा फैलिरहेकाे समयमा ‘गाउगाउमा अहिले भारत गएका युवाहरु घरमा अाउनु लागेका छन उनिहरुकाे साेच छ मर्नुपरेपनि आफ्नै थातथलोमा मर्ने , पहाडका कुना कन्दरामा कोरोना फैलिन नसक्ने , देवी देवताले रक्षा गर्ने भएकाले अाफु घर फर्किने गरेकाे ॥
नेपाल भन्दा उचित स्वास्थ्य सेवा भएको छिमेकि मुलुक भारत छोडेर नेपाल आउनुपर्ने दुइ वटा बाध्यता धेरैले सुनाएका छन । पहिलो बाध्यता मालिक ( साहु)ले घर जान गरेको आदेश र अर्को वाध्यता मुलुक भित्र छिर्न पाए सुरक्षित हुन सकिने आशा । ‘भनिन्छ मृत्युसंग साक्षत्कार हुने हरेकले आफ्नो आमा सम्झन्छ ’भारतवाट फर्कने हरेक नेपालीको मनमा त्यही भावना छ मरे पनि आमाको काखमा मर्ने , देशको माटोमा मर्ने’।
सरकारले लकडाउन गर्ने निर्णय गरेपछि डडेलधुराको रुपाल सिमावाट महाकाली तरेर बझाङ, बैतडी ,डडेल्धुरा अाउने गरेका छन जहाँ चेक पाेष्ट पनि छैन , जहाँ दिनहु भारत मा राेजगारिमा गएका युवाहरु जाेखिम मलेर नेपाल अाईरहेका छन । उनिहरु न त अाफनाे स्वास्थ चेकजाच नै गराउछन ।
आफ्नै नागरिकलाइ जोगाउन नसकेको भारतले नेपालीहरुलाइ सहयोग गर्ला भनेर सोच्नु मुर्खता हो , भारत बाट नेपाल अाएका भन्छन ‘यस्तो संकटका समयमा देश नसम्झेर कसलाइ सम्झने , प्रवासी नेपाली समाजका पदाधिकारी जो भारतकै वासिन्दा भइसकेका छन उनीहरुले समेत देश फर्क भारतमा सहयोग होला भन्ने नसोचे हुन्छ भनेपछि यसरी लर्को लागेर भारत छोड्नु परेको छ।
वितेको एक सातामा भारतका बिभिन्न शहरमा रोजगारीमा रहेका १ लाख वढी जनता आफ्नो थातथलो सुदूरपश्चिमका पहाडी जिल्लामा भित्रीएका छन । कैलाली कंचनपुरको खुला सिमानावाट मात्र नभइ डडेलधुरा , बैतडी र दार्चुलाका अवैध नाकावाट महाकाली तरेर थातथलोमा भित्रीनेको संख्या सहित जोड्ने हो भने यो संख्या एक लाख भन्दा निकै वढी हुन सक्छ ।
गड्डा चौकी , गौरी फण्टा नाका मात्र होइन कैलाली र कंचनपुरका दुइ दर्जन वढी खुला नाकावाट निरन्तर नेपाल भित्रीरहेका नेपालीहरु कसैको पनि उचित जाच हुन सकेको छैन । सिमावाट मुलुक भित्रीएपछि पनि उनीहरुको सामान्य चेकजाच पनि भएन ।
स्थानीयतहले प्रचारात्मक शैलीमा क्वारेण्टाइन खोले , बिद्यालयहरुमा ब्यबस्था गरे , अधिकांश स्थानीयतहले कोरोना संकटलाइ लिएर करोडौंको बजेट छुट्याए । हरेक स्थानीयतहले विना स्वास्थ्यकर्मिका हेल्थ डेस्का वोर्ड टांसे ।
संकटमा मुलुक सम्झेर फर्केका न कुनै सुविधा पाए नत उनीहरु प्रति कसैको सद्भाव । वरु राज्यका निकायले उनीहरुलाइ शंका , भय र आक्रोसको दृष्टीले हेर्न थालेका छन । ‘भारतमै वसेको भए वाच्थे होलान घर फर्केर आफु पनि मर्ने भए अरुलाइपनि मार्ने भए’ अधिकांशका यस्ता टिप्पणी सुनेपछि धेरैलाइ लाग्यो देश सम्झेर संकटका समयमा फर्कंदा पनि यस्तो हुन्छ भने विदेशमा हाम्रो अवस्था कस्तो हुन्थ्यो होला ? ।
मुखमा मास्क लगाएर वस्नु वाहेक अरु उपायनै अाफु शीत नरहेकाे उनिहरु बताउँछन्
हुन पनि हो कुनै पनि स्थानीयतहसंग भारतवाट आएकाको यकिन तथ्याङक छैन । केही स्थानीयतह छोडेर कुनैपनि स्थानीयतहले आफुले केही गरिरहेको प्रचारवाजी वाहेक कति गम्भीर संकट आउन सक्छ भन्ने आकलन समेत गरेका छैनन । पहाडका कुना कन्दरामा रहेका सर्वसाधारणमा यो महामारी फैलियो भने कस्तो भयावह स्थिति होला ? कल्पना पनि गर्न सकिने अवस्था छैन ।
ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यकर्मि संग सामान्य चेकजांच गर्ने सामान समेत छैन । यति सम्मकि आफु सुरक्षित हुने कपडा र उपकरण समेत नभएका स्वास्थ्यकर्मिले कसरी यो समस्यावाट सर्वसाधारणलाइ वचाउलान । धेरै जसो स्वास्थ्यकर्मि मानसिक रुपमा समेत तयार हुन सकेका छैनन ।
न यातायातको सुविधा , न स्वास्थ्यकर्मि , न सामान्य चेकजांचका उपकरण गाउ“मा कुनै ब्यक्ति कोरोना संक्रमणवाट मर्यो भने मलामी जाने ब्यक्ति समेत भेटिने अवस्था छैन । यस्तो स्थितिमा कुनै न कुनै रुपमा भारतवाट आएका नेपालीवाट संक्रमण फैलिन थाल्यो भने गाउमा मृत्यु कुरेर वस्नु वाहेकको अर्को बिकल्प कसैंसंग पनि छैन ।
स्वास्थ्यकर्मिहरु त्रसित छन , उनीहरुको मनोवल कमजोर छ भने सामान्य नागरिकको अवस्था कस्तो होला सहज अनुमान लगाउन सकिन्छ ।सुदुरपशि्चम प्रदेश सरकारका एकजना मन्त्री भन्छन ‘कोरोना संक्रमण जाचँ गर्ने मशिन खरिद गर्न अर्को बर्षको बजेटमा ब्यबस्था गरिन्छ’ ।
यस्ता मन्त्री र कमजोर प्रदेश सरकारवाट जनताले कति आशा गर्न सक्छन ? संघिय सरकारले नीति निर्माण गरिदिने , बजेटको ब्यबस्था गरिदिने र स्थानीय सरकारले गम्भीरताका साथ कार्यान्वयन गर्नमा निकै ढीलाइ भइसकेको स्थितिमा सुदूर पहाडमा निम्तीने भयानक संकट टार्न कठिन हुने निश्चित छ ।
कैलाली र कंचनपुरका दुइ बैधानिक नाकावाट भित्रीने नेपालीको चेकजा“चको ब्यबस्था मिलाउन नसक्ने प्रदेश सरकारवाट कुनै आशा नगरि स्थानीयतहले आफ्नो वलवुतामा जति सक्यो चांडो यो भयानक संकटवाट जनता बचाउन सक्रिय हुनु आवश्यक रहेको छ ।
हरेक युवाले अाफुले बसाेबास गर्न गाउँ टाेलमा काेराेना बारेमा जानकारि दिनु जरुरि देखिन्छ , अाफु भारत बाट अाउदा िपडा भाेगेर सिमा छलि अाए पनि अाफुले पनि अाफ्नाे स्वास्थ जाँच गराउनु जरुरि छ किन भने कतै हामी अाफै त सामजलाई सिकारमा पारि रहेका त छैनु । न त सुदुरमा चेकजाँच गर्ने उपकरण नै छ न त तीब्र तयारि नै छ ।
केही स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेकाे भए पनि उनिहरु सग भारत बाट कति मानिस अाएका छन भन्ने यकिन तथ्यांक नै छ ,त्यसैले हामी भारत बाट अाएका छाै भने अाफ्नाे स्थानीय तहमा जानकारि गराएर क्वारेन्टाइनमा बसेर अाफु र अाफ्नाे समाजलाई सुरक्षित राख्नु मा हाम्रो अहम भुमिका रहन्छ ।
यस्तो माहामरि काे समयमा अन्य देशमा राेजगारिका क्रममा गएका युवा नेपालिले अाफ्नाे मातृभुमि सम्झेर अाथिक , भाैतिक सहयाेग गरिरहेका छन् । यसरी माहामारि फैलिरहेका समयमा सहयाेग गर्नु हुने सबैमा नेपाली ले धन्यवाद का साथै खुसि ब्यक्त समेत गरेकाे छ ।
अाफुले सक्दाे आथिक , भाैतिक र प्राबिधिक सहयाेग गर्नु जरुरि छ । सचेत युवा भएर समाजलाई काेराेना माहामारि बाट जाेगानु हरेक युवाकाे कर्त्ब्य रहन्छ ।
अाफु पनि सुरक्षित रहाै र अरुलाई पनि सुरक्षित बनाअाै । भारतिय सिमाना र भारत भित्र राेजगारि खाेसिएका नेपालि अलपत्र रहेका काे उद्वार र उनिहरुकाे व्यवस्थापन गर्नु सुदुरपशि्चम सरकारले छिटाे पहल चाल्नु जरुरि देखिन्छ।