विनयी त्रिवेणी गाउपालिकामा १५ वेडको क्वारेन्टाइन निर्माण




नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिकामा १५ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । विनयी त्रिवेणी गाउपालिकाको ७ वटै वडालाई समेट्ने गरि तिन स्थानमा १५ वेडको क्वारेन्टाइन होम तयार गरिएको गाउपालिका अध्यक्ष डम्वर वाहादुर जिसीले जानकारी दिनु भयो ।

गाउपालिकाको वडा नम्वर १ र २ को लागी दुम्किबास स्वास्थ्य चौकीमा , वडा नम्वर ३, ४ र ५ को लागी बेनिमणिपुर स्वास्थ्य चौकी, ६ र ७ को लागी नारायणी गण्डकी उच्च मा वि मा गरी जम्मा १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।




आवश्यक परेमा बेड संख्या थपने गरी कवारेन्टाईनको व्यवस्था गरिएको अध्यक्ष जिसीले वताउनु भयो । साथै गाउपालिकाले विदेश वाट आएका एवम् कोरोना संग संकास्पद लक्षण देखिएकालाइ अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेकोे छ ।

गाउपालिकाले निशुल्क रुपमा अस्पताल सम्म लैजाने व्यवस्था समेत मिलाएको जनाइएको छ । यसअघि गाउपालिकाले त्रिवणी नाकामा हेल्थ डेक्स स्स्थापना गरि भारत वाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था समेत मिलाएको थियो ।



सम्बन्धित
Loading...