कोरोना संक्रमित भेटिएको दुई जाहाजमा आएका नवलपुरका ६ जनानै क्वारेन्टाइनमा, सबैको अवस्था सामान्य
रामकुमार श्रेष्ठ –

नवलपरासी, १७ चैत्र । कारोना संक्रमित भेटिएको जाहाजमा आएका नवलपुरका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार पहिलो पटक अर्थात चैत्र ४ गते जाहाजमा आएका भेटिएका नवलपुरका एक जना र चैत्र ६ गते आएको जाहाजमा भेटिएका ५ जना सबैलाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । उनीहरुको अवस्था समान्य रहेको र स्वाव परीक्षणका लागि पठाउन पर्ने नदेखिएको उनले बताए ।

४ गतेको जाहाजमा आएका चैत्र १८ गते मंगलबार १४ दिन पुग्ने भएकोले उनी खतरा मुक्त हुने सम्भावना देखिन्छ । उनी खतरामुक्त भएपछि क्वारेन्टाइनबाट घर पठाइने उनले बताए ।
त्यसैगरी चैत्र ६ गते आएकाहरु पनि १४ दिन पुगेपछि घर फर्काइने उनले बताए ।