नवलपरासीमा दुध नबिके पछि पोखियो

नवलपरासी । दल्दलेको एक सहकारीमा किसानसंग खरिद गरिएको दुध बिक्रि नभएपछि पोखिएको छ ।
दल्दले दुग्धबिकास सहकारी सस्थाले खरिद गरेको दुध लिन काठमाण्डौका ठुला डरी उद्योग नआएपछि मंगलवार पोखिएको हो ।
यस अघि सहकारीवाट दुध लैजाने गरेका काठमाण्डौको हिमालयन डेरी , दुग्ध बिकास सस्थान र पोखराको फीस्टेल डेरीले खरिद गर्दै आएको र बिगत ६ दिन सम्म लिन नआएपछि ३२ सय ५० लिटर दुध पोखिएको हो । लकडाउनमा दुध बिक्रि नभएकाले खरिद गर्न असमर्थ रहेको भन्दै ति डेरी दुध लिन नआएका हुन ।

संस्थाका उपाध्यक्षका उपाध्यक्ष बिष्णु पौडेलले किसानसंग खरिद भैसकेको जानकारी गराउदा समेत ति डेरीहरु लिन नआएका कारण पोख्न परेको हो । किसानसंग खरिद गरियो उनिहरु लिन आएनन गाउमा खपत छैन पोख्न बाध्य भयौ पौडेलले भने । डेरीले ६० रुपैया लिटरमा यहाका सहकारीका डेरीवाट दुध खरिद गरेर लैजान्छन । नियमित दुध लैजादै आएका ति डेरीलाई खबर गर्दा काठमाणडौमा बिक्री नै छैन भन्दै नआएपछि पोख्न बाध्य भएको पौडेलले जानकारी दिए ।
पुर्वी नवलपरासीमा रहेका ५२ वटा दुग्ध डेरीमार्फत दैनिक ६५ हजार लिटर दुध खरिद बिक्रि हुदै आएको छ । ठिमुरामा रहेको चितवन धुलोदुध कारखानालाई दुध दिने ब्यबस्था हुन सके दुध सडकमा फाल्न नपर्ने किसानको भनाई छ । दुध आपुर्तिको कमी र भारतवाट आयात हुने सस्तो पाउडर दुधसंग प्रतिस्पर्धा गर्न नसकेर संचालकले कारखाना बन्द गरेका छन ।
दुध बिक्रि नभएर किसान चिन्तित छन ।