तरुण दलद्वारा खाद्यान्न सहयोग

कावासोतीः नेपाल तरुणदल नवलपुरले मध्यविन्दु नगरपालिका भित्र रहेका विपन्न तथा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
तरुण दलले लकडाउनका कारण खाद्यान्न अभाव भएका परिवारहरुलाई सहयोग गरेको तरुण दल नवलपुरका अध्यक्ष सुर्य गुरुङ्गले बताए । मध्यविन्दु नगरपालिका कार्यालय र मध्यविन्दु नगरपालिकाका बिभिन्न वडाहरु मार्फत खाद्यान्न सहयोग गरेको उनले बताए ।
तरुण दल नवलपुरका अध्यक्ष गुरुङ्गको नेतृत्वमा बिभिन्न व्यक्तीहरुको सहयोगमा सो खाद्यान्न प्रदान गरिएको हो ।

दलले कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा पनि खाद्यान्न सहयोग गरेको छ भने कावासोती नगरपालिकाको वडा नम्बर १५ र १७ मा पनि खाद्यान्न सहयोग गरेको छ । दलले मध्यविन्दु नगरपालिका मार्फत् ३ सय ३० केजी चामल , ४५ केजी दाल र ४५ केजी नुन सहयोग प्रदान गरेको हो । त्यसैगरी मध्यविन्दु २ मा ८ परिवारलाई ४८ केजी चामल , ८ केजी दाल र ८ केजी नुन , कावासोती १५ र १७ मा ५१ केजी चामल , १७ केजी दाल र १७ केजी नुन वडा कार्यालय मार्फत सहयोग प्रदान गरेको हो । त्यसैगरि कावासोती पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा ३० केजी चामल , ५ केजी दाल र ५ केजी नुन सहयोग प्रदान गरिएको छ ।