स्वास्थ्य कार्यालयले दियो पत्रकारलाई मास्क र ग्लब्स
हरि शर्मा –
परासी, १९ चैत ः जिल्लामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले मास्क र ग्लब्स उपलब्ध गराएको छ ।
कोरोना संक्रमणविरुद्धको अग्रपंक्तिमा पत्रकारहरु पनि रहेकाले स्वास्थ्य सुरक्षाका लागि उक्त सामाग्री उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ५० थान सर्जिकल मास्क र १ सय थान ग्लब्स ढकालले नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मालाई हस्तान्तरण गरेका हुन् ।

‘कोरोना संक्रमणविरुद्ध स्वास्थ्यकर्मी र प्रहरी जस्तै जिल्लाका पत्रकारहरु पनि फिल्डमा खटिएर काम गरेको देख्यौ त्यसैले समाचार संकलनका लागि सहज होस् भनेर मास्क र ग्लब्स उपलब्ध गराएका हौं । ’ ढकालले भने । प्रयाप्त नभएपनि फिल्डमा प्रत्यक्ष खटिने पत्रकारहरुलाई उक्त सामाग्रीले सहज हुने विश्वास ढकालको छ । ‘सकभर घरबाटै समाचार प्रवाह गर्नुहोला । बाहिर निस्कने परे उक्त सामाग्री लगाई अन्य उपाय अबलम्बन गरेर निस्कनु होला ।’ उनले भने ।
धेरै पत्रकारहरुले लकडाउनको पालनागर्दै घरबाटै समाचार सम्प्रेषण गरिररहेको र अत्यावश्यक सामाग्री संकलन गर्न जाने पत्रकारलाई उक्त सामाग्रीले सहयोग मिलेको पत्रकार महासंघका अध्यक्ष शर्माको भनाई छ ।