मिलिजुली टोल विकास संस्थाद्वारा रिठ्ठेपानीमा राहत वितरण
शिशिर सिंजाली –

कावासोती । पूर्वी नवलपरासीको कावासोती १ रिठ्ठेपानीमा रहेको मिलिजुली टोल विकास संस्थाले ४८ घर परिवारलाई राहत वितरण गरेको छ ।
कोरोनाको संक्रमणका कारण लकडाउनमा परी जीविकोपार्जन गर्न गाह्रो भएको ४८ घर परिवारलाई टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर झेडीको नेतृत्वमा राहत वितरण गरिएको हो ।
प्रतिघर १५ केजीका दरले चामल राहत वितरण गरिएको अध्यक्ष झेडीले बताए ।
