गाउँगाउँमा विना अनुमति तरकारी बेच्न आए समातेर प्रहरीलाई खबर गर्न आग्रह
केशब तिवारी घायल –

कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले लकडाउनका बेला विना अनुमति तरकारी लगायतका सामग्री विक्री गर्नेलाई समातेर प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।
प्रशासनले अत्यावश्यक बाहेक अन्यलाई घरबाट निस्कन समेत अनुमति नदिएको बेला अहिले गाउँगाउँमा साइकल, मोटरसाइकल र अटो रिक्सा आदिमा तरकारी बेच्न आउनेको भिड लाग्ने गरेको छ ।

गाउँमा दिनभरीमा ८/१० वटा भन्दा बढी समूह तरकारी तथा फलफूल विक्रीको लागि आउने गरेको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आफूहरुले गाउँगाउँ डुलेर तरकारी, फलफूल विक्रीका लागि कसैलाई अनुमति नदिएको भन्दै त्यस्तो भेटिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेका हुन् ।
लकडाउनका बेला प्रशासनले विहान र बेलुका अत्यावश्यक सामग्री खरिद तथा विक्रीका लागि पसल खुल्ला गरेको छ ।