नवलपरासीमा अत्यावस्यक बस्तुका पसल खुलेनन
गोपी ज्ञवाली ,
नवलपरासी, २० चैत । विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण काम गर्नका लागि सरकारले गरेको लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको आपुर्ती गर्ने गरि पसल एवं यातायातका साधनहरु संचालन हुने बताएको भए पनि पश्चिम नवलपरासीमा अत्यावस्यक बस्तुहरुको आपुर्ती गर्ने पसलहरु नखुल्दा आम मानिसहरुको जिवन प्रभावित भएको छ.।
सरकारले लकडानउ गरेपछि नवलपरासीका सरकारले अत्यावश्यक बस्तुहरु औषधिकाका पसलल दुधका डेरीहरु एवं तरकारीका पसलहरु समेत बन्द हुदा आम मानिसहरुको जनजिवन समेत प्रभावित भएको छ ।
कोरोनाको प्रसार रोक्नका लागि सरकारले लकडाउन गरे पछि नवलपरासीका अधिकांश मेडिकलहरु धमाधम बन्द भएका छन् । कोरोनाको त्रास देखाउँदै नवलपरासी जिल्लाका अधिकांश निजी साना तथा ठूला मेडिकलहरु एवं अस्पतालहरु बन्द भएका छन ।
यसै विच सुनवल नगरपालिकाका भित्र रहेका तरकारी पसल एवं दुघका डेरीहरुमा मानिसहरुको भिड बढेको भन्दै पछिल्लो चार दिन देखी सहकारी र तरकारीका पसलहरु पनि नगरपालिकाको निर्देशनमा प्रहरीलो बन्द गराए पछि सुनवल क्षेत्रका स्थानियबासीहरु अत्यावश्यक बस्तु समेत पाउन नसकेको सुनवल ४ का स्थानियबासी हरि उपाध्यायले बताएका छन ।
अत्यावश्यक बस्तुको पसल खुला रहने भनिए पछि पसलमा दुरी कायम नगरि अत्याधिक भिड बढे पछि ती तरकारी र दुधका पसलहरु केही दिनका लागि बन्द राख्ने भनिए पनि काम मानिसको उपस्थितीमा सामान दिन भने नरोकिएको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम न्यौपानेले बताए ।
जिल्लाको सदरमुकाम परासीमा बेलुकाुको समयमा अत्यावश्यक बस्तु आपुर्ती गर्ने पसलहरु खोलको भए पनि जिल्लाको अन्य स्थान वर्दघाट, भुमही, गोपीगंज लगाएतका स्थानमा अधिकांश मेडिकलहरु बन्द अवश्थाम रहका छन भने खेलेका मेडिकलहरुमा सेनेटाईजर, हातका पन्जा जस्ता आवश्यक सामानको अभाव रहेको पाईएको छ ।