पाल्हीनन्दनले गरयो, काम नसकि भुक्तानी


रामकरण हरिजन –




चैत्र २० पश्चिम । नवलपरासीको पाल्ही नन्दन गाउपालिका वडा नं ४ मा रहेको पाल्ही भगवती प्राथमिक विद्यालयको पूर्व छेउमा रहेको राधा कृष्ण मन्दिरमा काम सम्पन्न नभई गाउँपालिकाले भुक्तानी गरेको छ ।
पाल्ही नन्दन ४ मा रहेको राधा कृष्ण मन्दिरमा साढे तीन लाखमा ठेक्कबाट टायल, मार्बल, गेट र पेन्ट लगाउनु काम दिएकोमा काम पूर्ण रुपमा सम्पन्न नभई पाल्हीनन्दन गाउपालिकाले भुक्तानी गरेको हो ।


कारोना भाईरसको संक्रमणका कारण भएको लकडाउन खुले पछि बाँकी काम गर्ने सर्तमा ठेकेदार रामज्ञा पाण्डेले भुक्ता लिएका हुन् ।
गाउँपालिका इन्जिनियर वेचन प्रजाले पूर्ण रुपमा काम सम्पन्न नभएको स्वीकार गर्दै ठेकेदारलाई फोन गर्दा ठेकेदारले फोन नउठाएको बताए ।
पाल्ही नन्दन वडा नं ४ मा रहेको राधाकृष्ण मन्दिरको काम अधुरो र ठेकेदारको लापरवाही गरेको वडा नं ४ का स्थानीय मुकुर गिरीले बताए ।



सम्बन्धित
Loading...