भरतपुर अस्पतालमा उच्च ज्वरो आएकी एक बिरामीको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ ।
बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो ।
तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए ।
राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।