बलात्कारको आरोपमा एकजना पक्राउ


बलात्कारको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–९ का एक युवकलाई पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय भुवन राउतलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।



चैत २० गते राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै युवतीले जाहेरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टका अनुसार युवतीले जाहेरी दिएसँगै रावतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।



सम्बन्धित
Loading...