अब चितवनमै कोरोना परीक्षण




चितवन । कोरोना भाइरसको परीक्षण गर्न भरतपुर महानगरपालिकाले भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याव स्थापना गर्दैछ।

आज शुक्रबार साँझसम्ममा सबै तयारी सकाएर भोलि शनिबार देखि परीक्षण थाल्ने महानगरले जनाएको छ। कोरोना भनइरसको नमुना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामान पठाइसकेकोले शुक्रबार साँझसम्ममा सम्पूर्ण तयारी सक्ने र भोलि शनिबारखदेखि प्रयोगमा आउने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्।




अहिले सरसफाइसँगै प्राविधिक टोलीले तयारी गरिरहेका छन्, उनले भनिन्, स्वास्थ्य मन्त्रालयको एक टोली पनि प्रयोगशाला स्थापनाको लागि चितवनमै छन्।



सम्बन्धित
Loading...