प्रतापपुर गाउपालिकामा राहत वितरण



नन्दु यादव



चैत २१ नवलपरासी ।
बिस्वमा फैलिरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि प्रतापपुर गाउपालिका वडा न ७ ले अाज गुठिसुर्यपुरामा सचेतना सहित राहत बितरण गरेकाे छ ।वडा भित्र रहेकाे करिब१ २००घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत वडा अध्यक्ष हरेन्द्र यादवले अाग्रह गर्नु भएकाे छ।वडामा रहेका २२०अतिबिपन्न घरधुरिलाई राहत बितरण गरिएकाे हाे ।खास गरि ज्याला मजदुरि गरि खाने जस्ता परिवारलाई मात्र राहत उपलब्ध गराईएकाे यादवले बताउनु भयाे ।अाउने समयमा अावश्यक तथ्यांक सकलन गरि थप राहतकाे प्याकेज ल्याउन सकिने वडा सचिव केशव तिवारी ले बताउनुभयो ।यश वडामा रहेका अतिबिपन्न परिवारलाई छाक टार्नका लागि १५किलाे चामल दाल नुन प्याज अालु तेल सहित साबुन र माक्स समेत बितरण गरिएकाे हाे। वैदेशिक रोजगारी बाट टोलमा कोहि आए नआएको समेत जानकारी लिएर जोखिम न्यूनीकरणका लागि स्थानीय निकाय सग आवश्यक समन्वय गरिनुपर्ने अामजनतामा अाग्रह गर्नुभयाे। आफ्नो छर छिमेकका बारेमा टोल बासीहरुलाई सबैभन्दा बढी जानकारी हुने हुदा तल्लो तहबाट यसको रोकथाम को प्रयास गर्नु पर्ने हुदा प्रत्येक टोल बिकास समितीहरुले लगत संकलन र आ आफ्ना टोल समुदायमा अपरीचित ब्यक्ती आए नआएको बारेमा जानकारी लिई वडालाई जानकारी गराउन अनुराेध समेत गर्नुभयाे।



सम्बन्धित
Loading...