अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु




अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।




संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

ट्रम्पले मास्क नलगाउने 

नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन्।

शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ।

उनले मास्क लगाएर ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानी’ लाई आफूले ‘ओभल अफिस’मा सम्बोधन गरिरहेको हेर्न नसक्ने भएकाले मास्क नलगाउने बताए।

‘तपाईंहरूले गर्नुपर्दैन’, उनले भने, ‘मलाई लाग्दैन कि मैले पनि गर्नेछु।’

अमेरिकाको सरकारी स्वास्थ्य सल्लाहकार विभाग ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ले कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई मास्क लगाउने सुझाव दिएको छ।



सम्बन्धित
Loading...