कोरोना कहर : २०५ देशका करिब ११ लाख बिरामी, ५९ हजार बढीको मृत्यु




चीनको वुहान सहर हुँदै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर २०५ देशका करिब ११ लाख मानिस बिरामी भएका छन् ।

यस महामारीबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ५९ हजार १६० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ८ लाख १० हजार ३०७ को उपचार जारी छ भने २ लाख २८ हजार ९३० जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ३९ हजार ३९१ को अवस्था गम्भीर रहेको बताइएको छ ।




कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा प्रभाव परेको छ । यहाँ दुई लाख ७७ हजार १६१ कुल सङ्क्रमित भएका छन् भने ७३९२ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ४७ हजार ४७३ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा एकै दिन १३२१ जनाले ज्यान गुमाएका छन् । एकै दिन ३२ हजार २८४ जना संक्रमित भएका छन् ।

इटालीमा एक लाख १९ हजार ८२७ संक्रमित भएका छन् भने १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६० र शुक्रबार ७६६ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख १९ हजार १९९ कुल सङ्क्रमित भएका छन् भने ११ हजार १९८ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१ र शुक्रबार ८५० जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा ९१ हजार १५९ कुल सङ्क्रमित भएका छन् भने १२७५ को मृत्यु भएको छ ।

चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने ३३२२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार ५७१ रहेको छ । चीनमा हाल १७२७ जनाको उपचार जारी रहेकोमा ३७९ को अवस्था जटिल छ ।

यस्तै, फ्रान्समा ६४ हजार ३३८ कुल सङ्क्रमित भएका छन् भने ६५०७ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५ र शुक्रबार ११२० जनाले ज्यान गुमाएका छन् ।

इरानमा ५३ हजार १८३ कुल सङ्क्रमित भएका छन् भने ३२९४ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ३८ हजार १६८ कुल सङ्क्रमित भएका छन् भने ३६०५ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९ र शुक्रबार ६८४ जनाले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा १९ हजार ६०६ संक्रमित छन् भने ५९१ जनाको ज्यान गएको छ । बेल्जियममा १६ हजार ७७० संक्रमित भएकोमा ११४३ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १५ हजार ७२३ संक्रमित भएकोमा १४८७ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण कोरियामा १७४, अस्ट्रियामा १६८, टर्कीमा ३५६, क्यानडामा १७३, पोर्चुगलमा २४६, डेनमार्कमा १३९ र जापानमा ६३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल २५६७ संक्रमित भएकोमा ७२ जनाको ज्यान गएको छ । पाकिस्तानमा २६३७ संक्रमित भएकोमा ४०, थाइल्याण्डमा १९, बंगलादेशमा ६ र अफगानिस्तानमा ६ जनाको मृत्यु भएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म छ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । पछिल्लो समय कोरोना आशंका गरिएकाहरुको रिपोर्ट नेगेटिभ रहेको पाइएको छ । -विभिन्न एजेन्सीहरुको सहयोगमा



सम्बन्धित
Loading...