कावासाेतीकाे विपदकाेषमा सामुदायिक विद्यालयकाे १ लाख सहयाेग
शाेभा जिसी –
कावासाेती । कावासोती नगरपालिकाको बिपद व्यवस्थापन कोषमा कावासोतिका सामुदायिक विद्यालयले एकलाख एक हजार सहयोग गरेका छन ।
नगरपालिका भित्रका ३९ वटा सामुदायिक विद्यालयले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेको जीवनज्याेति माविका प्रधानाध्यापक सुमित्रा लम्सालले बताए ।
कोरोना भाइरस नियन्त्रण अभियानमा सहयाेग गर्न कावासोती क्षेत्रका माध्यामिक विधालयले ४ हजार , आधारभूत विद्यालयले ३ हजार र प्राविले १ हजारका दरले ३९ विद्यालयले रकम सहयोग गरेको हाे।
कावसोती नगरपालिकाले बिपद व्यवस्थापनको लागि कोषनै खडा गरेको छ ।
