भागेश्वर गाउपालिकामा रहेकाे क्वारेन्टाइनकाे अनुगमन ।




दिपकराज भट्ट / भागेश्वर -डडेल्धुराकाे भागेश्वर गाउपालिकाले जिल्ला स्वास्थ कार्याल डडेल्धुरा प्रमुख आासुतोष श्रेष्ठ , गाउपालिका अध्यक्ष काैशिला भट्ट जिल्ला प्रशासन का कर्मचारी,जिल्ला समुन्व्य प्रमुख गणेश भट्ट र गाउपालिकाका कर्मचारीलेअनुगमन गरेका छन् ।

अनुगमन गर्दा क्वारेन्टाइनमा रहेका पाँचै जनालाई साेध्दा आफुलाई कुनै समस्या नरहेकाे र आफुमा रुघाखाेकी र ज्वराे समेत नरहेकाे जानकारी गाउपालिका अध्यक्ष काैशिला भट्टले जानकारि दिईन ।




हालसम्म भागेश्वर गाउपालिकामा जम्मा २१७ जना आएकाे र जसमा पाँच जाना सरस्वती मा.वि बगरकाेटकाे क्वारेन्टाइनमा बसेका छन् , तर गाउपालिकाले ५ वडामा क्वारेन्टाइनकाे ब्यवस्था गरेकाले आफु सुरक्षित रहनु र समाजलाई पनि सुरक्षित राख्नुका लागि आफु नजिककाे क्वारेन्टाइनमा बस्नुकाे लागि भागेश्वर गाउपालिकाका स्वास्थ प्रमुख मान बहादुर शाहुले अनुराेध समेत गरे ।



सम्बन्धित
Loading...