रामग्राममा आगलागी हुँदा गहुँबालीमा क्षति




पश्चिम नवलपरासीको रामग्राम–१७ पट्खौलीमा आगलागी हुँदा साढे पाँच विघामा लगाईएको गहुँबाली नष्ट भएको छ । स्थानीय परमान्नन्द यादवको भुस बनाउने मेसिन चलाईरहेका बेला दिउँसो एक्कासी आगो सल्किएको रामग्राम–१७ का वडाध्यक्ष जीतबहादुर गोसाईले बताए ।
आगलागिका कारण स्थानीय ६ जना किसानको गहुँबालीमा क्षति पुगेको छ । रामग्राम नगरपालिकाको दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको वडाध्यक्ष गोसाईले बताए ।



सम्बन्धित
Loading...