न्यु भिजन मिडिया प्रालिद्वारा प्रकोप कोषमा आर्थिक सहयोग



बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।
सो रकम बराबरको चेक प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेले बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याललाई प्रदान गरेको प्रालिले जनाएको छ ।
त्यस्तै मिडिया क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने सन्देश प्रवाहका लागि मात्रै भएपनि सहयोग गरेको पाण्डेयको भनाई थियो ।
चेक हस्तान्तरण पछि नगर प्रमुख बस्यालले मिडिया सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै मिडियाको सहयोगले अतिविपन्नका लागि ऐक्यबद्धता तथा सन्देश प्रवाह गरेको बताए ।



सम्बन्धित
Loading...