अमेरिकाको न्यूयोर्कमा देखियो बाघ र सिंहमा पनि कोरोना भाइरस
विश्वभरका मानिसमा कोरोना भाइरस संक्रमणको प्रकोप फैलिरहेका बेला अमेरिकाको एक चिडियाखानामा रहेको जनावारहरूमा पनि यसको संक्रमण भएको पाइएको छ ।
बीबीसीका अनुसार अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्कस चिडियाखानामा रहेको ६ बाघसहित सिंहमा कोरोना भाइरसको संक्रमण भएको पशु चिकित्सकहरुले पुष्टि गरेका छन् ।
बीबीसीका अनुसार ४ बर्षको बघिनीमा सबैभन्दा पहिला कोरोना भाइरसको पुष्टि भएको थियो । बघिनीलाइ लगातार सुख्खा खोकी लागेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ। त्यसपश्चात सोही चिडियाखानामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिइएको थियो।
नमुना परीक्षण गर्दा ती जनावरहरुमा पनि कोरोना लक्षण देखिएको अमेरिकी कृषि विभागले जनाएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । साथै ती जनावारको उपचारसमेत भइरसको बताइएको छ ।