सुस्ताका युवाहरुले यसरी छरे किटनाशक औषधि – फोटो फिचर
परासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा न ५ को सकरदिनहीमा स्थानीय शिवशक्ति युवा क्लबका युवाहरुको सक्रियतामा किटनाशक औषधी छर्किएको छ ।
शिव शक्ति युवा क्लबका पदाधिकारीहरुले स्वयंसेवक रूपमा परिचालन भएर सकरदिन्ही गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटोहरु घर वरिपरि लगायतको स्थानमा औषधि छर्केको क्लबका अध्यक्ष टेकबहादुर मगरले जानकारी दिए ।
कोरोना सक्रमणलाई न्यनिकरण तथा रोकथाम गर्नका लागि
गाउँका समाजसेवी कृष्ण बाहादुर थापा, अर्जुन भेडिहार, देव बहादुर थापा, पत्रकार श्याम थापा, पारस चौहान, सन्जित कुमार शर्मा, सागर गुरुङ, पशुराम खडका लगायत गाउँबासीको आर्थिक सहयोगमा क्लबले ५ शैयाको क्वारेन्टाइन आफ्नै सभा हलमा निर्माण समेत गरेको छ ।
