सीमामा अलपत्रलाई उचित ब्यबस्था गरिदेउ सरकार


 




नबराज एैर ( स्वकिय सचिव , सभामुख प्रतिनिधि)

पछिल्लो समयमा विश्व माहामारिकाे रुप मा रहेकाे काेराेना भाईरसले सारा विश्व ने तनाबमा रहेकाे छ । यसै नेपालमा पनि अाज सम्म संक्रमीत नाै जाना पुगेका छन् जसमा सुदुरपशि्चम बाट चार जाना रहेका छन् । नेपाल भारतका विभिन्न नाका , खासगरी धार्चुला/दार्चुला नाकामा संकटपुर्ण नारकिय जीवन जिउन बाध्य भएका जनातका बारेमा सरकार कहिले गम्भीर बन्ने ? महामारी भन्दा कष्टपुर्ण जिन्दगी सकारात्मक कुरा हुन सक्छ तर लाजको पसारो हुनेगरि बिकल्पको खोजिनै नगर्नु मुर्खता हुन जान्छ कि ?
त्यसैले अाज बस्ने संधिय मन्त्रीपरिषद्ममा शुपबाट प्रतिनिधित्व गर्ने दाेय मन्त्री सहितले निम्न दुई बिकल्पमा जाने कि !
– नाकामा अलपत्र परेका नेपालीहरुलाई ल्याएर अनिवार्य १४ दिन विभिन्न स्थानका क्वारेन्टाइनमा निर्गानि सहित बसाउने व्यवस्था गर्ने ! भाइरस भेटिएमा थप उपचार गर्ने नभेटिएमा घर पठाउने ।
– नेपाल ल्याएर उच्च जोखिम निम्तिने खतरा नै हो भने , लक डाउन भरी नेपाल सरकारले भारत सरकार संग pm to pm स्तरीय छलफल/वार्ता गरि नाकामा रहेका भारतिय नागरिकहरुको सबै सुरक्षा , उपचार सहित व्यवस्थापनको जिम्मा नेपाल सरकारले लिने गरि सिमामा रहेका नेपालीहरुको व्यवस्थापन पनि सोही अनुसार भारत सरकारले गर्ने उच्चस्तरीय सहमति गर्नुपर्ने ।
तेसोहुन सकेमात्र हुनेखानेले मात्र होइन , निम्नवर्गिय जनताले पनि सरकारको अाभास गर्नपाउनेछन् ! यश माहामारि काे सजकताका लागि सरकार गम्भीर हुनु जरुरि छ ।
edit by दिपकराज भट्ट
Photo by : सन्ताेष भट्ट



सम्बन्धित
Loading...