कावासोती ३ वडाले माग्यो २ सय ५ घरलाई राहत, नगरपालिकाले दियो १ सय ४९ घरलाई




कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा वडा कार्यालयले नगरपालिकासँग २ सय ५ घरलाई राहत माग गरे पनि नगरपालिकाले जम्मा १ सय ४९ घरलाई मात्र राहत पठाएको छ ।
यो अवस्था कावासोती ३ मा मात्र नभएर अन्य वडामा पनि रहेको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् ।
कावासोतीका वडा अध्यक्ष अमृत श्रेष्ठले कावासोती ३ मा २ सय ५ घर विपन्न परिवारलाई राहत वितरण गर्नु पर्ने देखेर माग गरिएको भए पनि १ सय ४९ घरलाई मात्र आएर सोही अनुसार वितरण गरिएको बताए ।
नगरपालिकाले घरमा रहेको परिवार संख्या नहेरेर प्रतिघर १५ केजी चालम, २ किलो दाल, आधालिटर तेल, १ पोका नुन, एउटा हात धुने सावुन लगायतको राहत वितरण गरेको छ ।

त्यसैगरी कावासोती ३ मा रहेको नवलपुर रेडिमेक्सले नगरपालिको मापदण्डअनुसार नै २५ घरपरिवारलाई राहत प्रदान गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
यसैबीच थप १० घरलाई नगरपालिकाले निर्धारण गरेको राहत प्याकेज अनुसार कावासोती ३ का वसन्त अधिकारीको सहयोगमा समेत राहत वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
राहत नपाएका र नाम छुटेकालाई थप राहत वितरणका लागि नगरपालिकासँग माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।



सम्बन्धित
Loading...